म त फर्कन्छु अब !!

बलशाली गए दिनहरु,
गए अब अनपेक्षित दिनहरु,
भाग्यशाली गए दिनहरु,
मात्र बाकी छन अब औंलामा गनेर दिनहरु ।

सिकायो नराम्रा अनि पश्चातापका कुराहरु,
बिराए बाटो, पिडाए घुँँडाहरु,
बिरानो भयो घर, नजिकिए पराइ,
अतालिए पहिले, अतालिन्छु अझै ।

छैन आँट गर्नलाई परिश्रम,
छैन छाँट काँट लिनलाई कसम । 

————————————————–

“आमा तिमी कहाँ छौ ?”
“छोरा म तिमी सँगै छु ।”

————————————————–

आमा भन्छिन:

जुन होला टाडा तर,
ताराहरु सारा हेर,
समस्या त अपार छन,
आफ्नो जिवन नफाल खेर,
तिम्रा आफ्ना छन तिमी सँगै,
नडराइ अघि बढ, भएको छैन अबेर ।

————————————————–

Listening to: “Beautiful Girl” by INXS

Leave a Reply

Your email address will not be published. Required fields are marked *