सपना

म छु आकासमा,
तिमी मेरो साथमा,
शब्दहरुले साथ दिएनन्,
सम्झिन्छु तिमीलाई आजभोलि म,
रातमा,
दिनमा,
हाम्रो माया को सम्झना । 

पर्‍खेर बसेछु है म,
आउँछौ तिमी होला भनि,
ताराहरुको बिचमा,
अन्तरिक्ष्य हाम्रो कोरेर,
माया तिम्रो बोकेर,
संसार सारा छोडेर,
चोरी तिमीलाई लगेर ।
मिलन हाम्रो हुन्छ होला भनि ।

तर बुझी हेर्दा,

परेछु म एक्लई आज,
कोर्छु तिम्रो कथा साँझ पख,
सपना देखेको थिए तिमी सँगै,
तर बिउंझिएछु म एक्लाई आज ।

Check: सपना मैले मात्रै देख्नु किन, भन ?

2 Replies to “सपना”

Leave a Reply

Your email address will not be published. Required fields are marked *