आफ्नै सुगन्ध आफै खाेज्न
वन वन भाैतारिदै रहेकी,‘ए कस्तुरी’
आज किन तिमी
आफैलाई आफै नचिन्ने भयाै?आफुलाई अरुमा खाेज्दा खाेज्दै,
आज किन तिमी
आफैमा आफै हराए जस्तै भयाै?अरूलाई आफ्नो यात्राको सहयात्री बनाउन,
विश्राम गरेकी ए मृग नयनी,
आज किन तिमी
आफू नै आफ्नो यात्रा बिर्सिदै गयाै?आफ्नो विश्वासको हत्या
आफ्नै विश्वासले गरेकाे बेला,
आज किन तिमी
आफै माथि आफै विश्वास गर्न छाेड्याै?यसरी आफैमा आफै हराएकी
ए कस्तुरी मृग नयनी,
अब समय आएकाे छ:
ऐना माथि लागेको त्याे धुलाे हटाउने,
जसले तिम्रो त्याे सुन्दर मुहारलाई
अहिलेसम्म कुरूप देखाएकाे थियो ।
– दिपक चन्द ठकुरी