डाँडा माथिको त्यो गुम्बा

हासो ठट्टामा मेरो हतासिने अनि निरासिने बानी,
फेरी तिमी हतासिंदा मैले ठट्टामा मज्जा गर्ने बानि,
यसरी चल्थ्यो हाम्रो जिवन,
न तिमी गहन,
म त आवारा झन ।

एक दिन,
सबै परिवर्तन,
मान्छे, समय, अनि मन ।

डाँडा माथिको त्यो गुम्बा,
टाढा हुँदा पनि को त्यो तिमो अविस्मरणीय सुगन्ध,
तिमी नहुँदाको एक्लोपन्,
तिमीसँग भेट हुन्छ भन्ने आसामा,
निरासामा फर्किदाको पिडा त गाढा झन ।

अन्त्यमा, मनै त हो ।
तिमीले बेवास्ता गरेपनि,
याे रचना तिम्रै यादमा समर्पित हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *