आँखा गाजलु

आँखा गाजलु,
तिम्रो हेराइ मायालु,
तिम्रो मुस्कानको झरीमा रुझ्न देउ मलाई ।

मुस्कुराऊ तिमी तर दन्त देखाइ,
मुस्कुराऊ तिमी तर न-लजाइ,
तिम्रो हासोको नशा, अनुभव गर्न देउ मलाई ।

गुनगुनाउ तिमी मेरो छेवै मा आइ,
साथ म दिनेछु तिम्रो हात थमाइ,
तिम्रो शब्दको अर्थ बन्न देउ मलाई । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *