नारीकाे कहानी

म भन्छु उ एक नारी हो,
म भन्छु उ एक नारी मात्र होईन,
तिमी र म भन्दा धेरै माथि हो ।
तिम्रो नजरमा त उ मात्र एक सारी हो, 
तर मेरो नजरमा उ एक कहानी हो । 

सपना त तिम्रा र मेरा पनि छन्,
तर उसका चाही क्षणिक मात्र छन्,
तिमी र म त बाच्नलाई संघर्ष गर्छउं ।
तर उसका संघर्षहरु त सा‌च्चैमा बाच्नु हो,
तिम्रा र मेरा जिवन-यात्राहरु त अनन्त छन्,
तर उसका चाही सिमन्त छन ।

उसको इज्जतको बेइज्जत हुँदा चाहिं
न तिमी आयाे न त म नै,
ऐले किन उसको कुरा काट्नु,
किन उसका सपनाहरुको घाटी रेट्नु !

बिचार गरि दोश लाउ,
किनकि,
उसको जिवनका घाउ,
को कारण तिमीलाई थाहा छैन ।
उसको जिवनमा उ आफु बाहेक अरु कोही छैन ।

जब तिम्रो लागि म र मेरा लागि तिमी छौ,
तर उसका लागि को छ भन ?
जब आफ्नै परिवार उनको टाढा छ झन । 

बाच्न देउ उसको जिवन उसैलाई,
दोश को साटो सहारा देउ उसलाई ।
एक होईन हजार छन एस्ता कहानी,
सारी भित्र लुकेको उसको जिवनको हो यो कहानी । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *