म छु आकासमा,
तिमी मेरो साथमा,
शब्दहरुले साथ दिएनन्,
सम्झिन्छु तिमीलाई आजभोलि म,
रातमा,
दिनमा,
हाम्रो माया को सम्झना ।पर्खेर बसेछु है म,
आउँछौ तिमी होला भनि,
ताराहरुको बिचमा,
अन्तरिक्ष्य हाम्रो कोरेर,
माया तिम्रो बोकेर,
संसार सारा छोडेर,
चोरी तिमीलाई लगेर ।
मिलन हाम्रो हुन्छ होला भनि ।तर बुझी हेर्दा,
परेछु म एक्लई आज,
कोर्छु तिम्रो कथा साँझ पख,
सपना देखेको थिए तिमी सँगै,
तर बिउंझिएछु म एक्लाई आज ।
2 Replies to “सपना”