माया,
खोज्छु म, यो भीडमा,
तिम्रै नै आकृति ।मुहार, हेर्छु म,
मुस्कुराउछु म, तिम्रो नै हासो ।शब्द,
सुन्छु म, बोल्छु म,
तिम्रै नै बोली ।रङ्गहरु मा,
रङ्गिएको मेरो मायामा,
तिम्रो आङ्गमन, तिम्रो उपस्थिती को अपेक्च्या छ ।
आउंछाै होला तिमी सपनीमा भएपनि,
गरुला हाम्रा राम्रा कुराकानी, मायालू ।खोज्छु म वरिपरि, तिम्रैनै छहारि,
बिउझिन्छु जब म सपनी बाट हरेक बिहानि,
कोर्छु म शब्दमा हाम्रोनै कहानि,
बोलाउछु म तिमीलाई मेरै कथा को महरानी ।
भेट होला जब हाम्रो कुनैदिन,
दिनेछु तिमीलाई हाम्रो आत्मियता को कोसेली, मायालू ।तेतिन्जेल कुरी बस गनी बस हाम्रो भेट हुने दिन,
पठाउनेछु तिमीलाई मेरो गीत सन्कोच नमानी सुन,
पाउनेछाै तिमीले हाम्रो मायाको धुन, मायालू ।
Listening to: “Mayaloo” by Sajjan Raj Vaidya