माया को कुनै सीमा हुँदैन

तिम्रो प्रेम र मेराे प्रेम
मिली बनेकाे याे हाम्रो प्रेम
जहाँ
न कुनै हकको जंजिर रहेकाे

न कुनै अधिकारकाे सीमा
रेखा नै
रहेकाे छ केवल मात्र
स्वतन्त्रता

त्याे स्वतन्त्रताको लागि
मैलै बाेलाउँदा मात्र तिमी
आउँनु
तिमीले बाेलाउँदा मात्र म
आउँला
मैले न बाेलाउँदा सम्म, तिमी
न आउँनु
तिमीले न बाेलाउँदा सम्म, न
म नै आउँनेछु
तर माया
यसरी बाेलाएर आउँदाकाे
पनि एउटा सीमा हुनेछ
तिमी आउँन चाहेमा मात्र
आउनु
मैले बाेलाउँदैमा मात्र न
आउँनु
मैले आउँन चाहेमा मात्र म
आउला
तिमीले बाेलाउँदैमा मात्र, म
पनि न आउँला
यसरी बिना बाेलाएर पनि कुनै
दिन
हामी भेटियाै भने हामी
आवश्य भेट्ने छाै
त्याे भेटमा पनि
न कुनै हक हुनेछ, न कुनै
अधिकार नै
हुनेछ त केवल स्वतन्त्रता बस्
मात्र स्वतन्त्रता ।।

– दिपक चन्द ठकुरी 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ